रौतहट । सर्लाही प्रहरीले लागुऔषध सहित एक युवकलाई पक्राउ गरेको छ । वागमती नगरपालिका–६ मा रहेका राधाकृष्ण मन्दिरस्थित बाँसघारीबाट प्रहरीले लागुऔषध सहित २८ बर्षीय जिवन घिसिङलाई पक्राउ गरेको हो ।
बा–प्र ०२–०३० प ५५७० नम्वरको मोटरसाइकललाई रोकेर प्रहरी चौकी राजघाटले खानतलासी गर्दा लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले बताए ।
उनका अनुसार घिसिङले बोकेको कालो रंगको प्लाष्टिकको झोलामा ट्रामन–५० लेखिएको क्याप्सुल २१४ पिस, स्पासमोम लेखिएको क्याप्सुल २०० पिस, गाँजा २५ ग्राम, नेपाली रुपैया २५ सय ३०, मोवाइल एक थान र मोटरसाइकल एक थान सहित नियन्त्रणमा लिएको हो ।
घिसिङलाई इलाका प्रहरी कार्यालय बरहथवाको हिरासत कक्षमा राखेर लागु औषध मुद्दा तर्फ सर्लाही जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर आवश्यक अनुसन्धान भईरहेको डिएसपी राईले जानकारी दिए ।
प्रतिक्रिया