कुमारी आर्यतारा शाक्यले सर्वसाधारणलाई आज दशैंको टीका लगाइदिएकी छन् । हनुमानढोकास्थित कुमारीघरमा कुमारी आर्यताराले आज बिहान ११ बजेपछि सर्वसाधारणलाई दशैंको टीका लगाइदिएकी हुन् ।

जीवित देवीको रुपमा पुजिने कुमारीलाई भवानीको प्रतीकका रूपमा सम्मान गरिन्छ । महानवमीको रातमा जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन गराइएको थियो ।

जीवित देवी कुमारीलाई विशेष शक्ति प्राप्त हुने विश्वासका साथ महानवमीको मध्यरातमा तलेजु भवानीको दर्शन गराउने प्रचलन छ ।


तस्विरहरु : महेश बम /नेपाल न्यूज बैंक
प्रतिक्रिया