काठमाडौं । डब्लूकेएफ कराते वान सिरिज ‘ए’ मा सहभागी हुन नेपाली कराते टोली बुधबार मलेसियाको क्वालालम्पुर प्रस्थान गर्ने भएको छ। मलेसिया कराते महासंघको आयोजनामा असोज १७ देखि १९ गतेसम्म हुने प्रतियोगितामा चार नेपाली खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
६८ केजीमाथि एरिका गुरुङ, ५० केजीमुनि वर्षा बुढामगर, ५५ केजीमुनि सविना श्रेष्ठ र एकल कातामा सानुमाया थिङ प्रतिस्पर्धा गर्नेछन्। टोलीको प्रशिक्षकमा कुशल श्रेष्ठ छन् भने तारा गुरुङ निर्णायकका रूपमा रहनेछिन्।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले आइतबार आयोजित कार्यक्रममा टोलीलाई बिदाइ गरेका थिए।
प्रतिक्रिया