Logo

मुख्य समाचार

गोरखाबाट विभिन्न कारागारबाट फरार १२ कैदीबन्दी पक्राउ



गोरखा — जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट फरार भएका १२ जना कैदीबन्दी गोरखामा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार पक्राउ परेकामध्ये कास्की कारागारका सात, केन्द्रीय कारागार जगन्नाथदेवलका तीन, तनहुँ कारागारका एक र बालसुधार गृह सानोठिमी भक्तपुरकी एक जना छन्।

प्रहरी उपरीक्षक (एसपी) भरतबहादुर बिकका अनुसार कास्की कारागारबाट फरार विक्रम नेपाली, तेन्जिङ रिग्देल लामा, छेवाङ रिजिन लामा, सोनाम ल्याल्जेन लामा, बाबुराम नेपाली, राजेश विश्वकर्मा सुनार र सोनामा दोर्जे लामा पक्राउ परेका हुन्। केन्द्रीय कारागारबाट भागेका भरत ठकुरी, सुमन सुनदास र भुवन तामाङलाई पनि पक्राउ गरिएको छ।

त्यस्तै तनहुँ कारागारबाट भागेका विशाल उपरकोटी र बालसुधार गृह सानोठिमीबाट भागेकी सुस्मा मग्रातीलाई समेत प्रहरीले गोरखामा पक्राउ गरेको छ।

एसपी बिकका अनुसार सबै पक्राउ परेकालाई प्रारम्भिक रूपमा जिल्ला प्रहरी कार्यालय गोरखाको थुनुवा कक्षमा राखी कानुनी प्रक्रिया पूरा गरेपछि सम्बन्धित कारागार र सुधार गृहमा चलान गरिएको छ। उनका अनुसार फरार कैदीबन्दीहरूको विवरण संकलन र थप खोजीकार्य जारी छ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ६ : १७ बजे