Logo

समाचार

प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त



काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त भएका छन्। आइतबार (असोज १२) बसेको मन्त्रिपरिषद् बैठकले खनाललाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

खनाल हाल सामाजिक नवप्रवर्तन तथा परराष्ट्र नीति केन्द्रमा अनुसन्धान सल्लाहकारको रूपमा कार्यरत थिए।

यसैगरी, मन्त्रिपरिषद्ले गोविन्दनारायण तिमल्सिनालाई प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा नियुक्त गरेको छ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ५ : ३६ बजे