Logo

राजनीति

जेनजी आन्दोलनपछि पहिलोपटक एमाले सचिवालय बैठक बसेको छ



काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आइतबार भक्तपुरको गुन्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा सुरु भएको छ। जेनजी आन्दोलनपछि पहिलोपटक बसेको यस बैठकमा आन्दोलनको समीक्षा र पार्टीको भावी रणनीतिबारे छलफल भइरहेको पार्टी स्रोतले जनाएको छ।

बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र सुरेन्द्र पाण्डे तथा सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्टलगायतका नेताहरू उपस्थित छन्। उनीहरूले पार्टी पुनर्गठनको माग गर्दै आएका छन् र सचिवालय बैठकमा सोही विषयमा पनि छलफल भइरहेको बताइएको छ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  २ : २७ बजे