Logo

मुख्य समाचार

ट्राफिक प्रहरी कार्यालय बग्गीखानाको अनुगमनमा पुगे मन्त्री खरेल


१० आश्विन २०८२, शुक्रबार  

69
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखानाको अनुगमन गरेका छन् ।

उनले भदौ २४ गतेको जेनजी आन्दोलनमा आगजनीसहित तोडफोड भएको बग्गीखानाको अनुगमन गरेका हुन्  ।

अनुगमनको क्रममा उनले तोडफोड र आगजनीको बारेमा विस्तृत रुपमा जानकारी लिएका थिए ।

भदौ २४ गतेको आन्दोलनमा बग्गीखाना लगायत थुप्रै प्रहरी कार्यालयहरु जलेर ध्वस्त भएको थियो । ती सबै कार्यालयहरुको पुनसंरचना र पुननिर्माणको कार्यहरु पनि सुरु भइरहेको छ ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ७ : ५६ बजे