Logo

अर्थ

चाडपर्वमा डिजिटल वालेट प्रयोगको सीमा ४० पटकसम्म बढ्यो


१० आश्विन २०८२, शुक्रबार  

46
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंक (एनआरबी) ले चाडपर्वको अवसरमा डिजिटल वालेटमार्फत भुक्तानी गर्ने दैनिक सीमा बढाएको छ । अब उपभोक्ताले दिनमा अधिकतम ४० पटकसम्म डिजिटल वालेट प्रयोग गरेर भुक्तानी गर्न सक्नेछन् ।

पहिले दैनिक १० पटकसम्म मात्र भुक्तानी गर्न पाइने व्यवस्था रहँदै आएकोमा आगामी असोज १३ देखि २१ र कात्तिक ३ देखि १० गतेसम्मको अवधि लागि यो सीमा अस्थायी रूपमा ४० पटकसम्म पुर्‍याइएको हो ।

एनआरबीका अनुसार चाडपर्वमा उपभोक्तालाई सजिलो र नगद कारोबारको भार कम गर्न यस्तो व्यवस्था गरिएको हो ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  १ : ०९ बजे