काठमाडौं – अर्थ मन्त्रालयले शुक्रबारदेखि डिजिटल स्वीकृति प्रणाली लागू गरेको छ। अबदेखि मन्त्रालयका सबै टिप्पणी (मेमो) डिजिटल माध्यमबाट स्वीकृति प्रदान गरिनेछ।
अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै मन्त्रालयमा कागजी प्रक्रियासँगै डिजिटल प्रक्रिया पनि सुरु गरिएको घोषणा गरेका हुन्। उनले भने, “आजदेखि अर्थमा सबै टिप्पणी डिजिटल स्वीकृति शुरू।”
डिजिटल स्वीकृति प्रणाली लागू भएपछि मन्त्रालयका प्रशासनिक कार्यमा पारदर्शिता, छरितोपन र दक्षता वृद्धि हुने अपेक्षा गरिएको छ। यसले कागजी काममा लाग्ने समय घटाउने र निर्णय प्रक्रियालाई तीव्र बनाउने विश्वास लिइएको छ।
प्रतिक्रिया