Logo

समाचार

सरकारले नेताको घरमा भेटिएको नगदबारे छानबिन सुरु गरेको पुष्टि



काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनको क्रममा आगजनीमा परेका नेताहरूको घरमा भेटिएको नगद रकमबारे छानबिन प्रक्रिया सुरु भएको घोषणा गरेकी छन्। बिहीबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सरकार भ्रष्टाचारका विगतका प्रकरणप्रति जानकार रहेको र निष्पक्ष छानबिन अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन्।

गत भदौ २३ र २४ मा भएको जेनजी पुस्ताको आन्दोलनको क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरसहित केही शीर्ष नेताहरूको निवासमा तोडफोड र आगजनी भएको थियो। घटनास्थलमा नगद रकम जलेको अवस्थामा भेटिएको थियो। यसबारे सरकारका सम्बन्धित निकायहरूले छानबिन सुरु गरिसकेको प्रधानमन्त्री कार्कीले जानकारी दिइन्।

प्रधानमन्त्रीले भनिन्, “वर्तमान सरकारले विगतमा भएका भ्रष्टाचारका विषयमा छोटो समयमा स्पष्ट जानकारी लिएको छ। त्यसअनुसार निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही अघि बढाइनेछ।”

उनले आन्दोलनका क्रममा ध्वस्त भएका संरचनाहरूको पुनर्निर्माण कार्यसमेत सुरु भइसकेको जानकारी दिइन्।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहिबार  ८ : ०४ बजे