Logo

समाचार

निवर्तमान गृहमन्त्री लेखकलाई मातृशोक



काठमाडौं । निवर्तमान गृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश लेखकलाई मातृशोक परेको छ ।

विहीवार साँझ ह्याम्स अस्पतालमा उपचारका क्रममा लेखककी ८९ वर्षीया माता शारदा लेखकको निधन भएको स्वकीय सचिव जनक भट्टले बताए ।

उनी दमलगायत रोगबाट पीडित थिइन् । उनको निवासमा आगजनी भएका दिन उनी घरभित्रै थिइन् भने उनलाई आन्दोलनकारीले बाहिर निकालेका थिए ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहिबार  ७ : ५१ बजे