काठमाडौं । अबदेखि अनलाइन सञ्चारमाध्यमको दर्ता तथा नवीकरण सूचना विभागबाटै हुने भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता जगदिश खरेलले बुधबार आयोजित पत्रकार सम्मेलनमा अनलाइन सञ्चारमाध्यम दर्ता प्रक्रिया अब जिल्ला प्रशासन कार्यालयबाट नभई सूचना विभागमार्फत हुने व्यवस्था लागू गरिएको जानकारी दिएका हुन्।
“अब अनलाइन दर्ता तथा नवीकरण जिल्ला प्रशासन कार्यालयबाट गर्नुपर्ने छैन, सूचना विभागबाटै गर्न सकिनेछ,” मन्त्री खरेलले बताए।
यस निर्णयसँगै अनलाइन सञ्चारमाध्यमको व्यवस्थापन र नियमन एकीकृत रुपमा सूचना विभागमार्फत हुने भएकाले प्रक्रियामा सहजता आउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया