Logo

अर्थ

युनिलिभर नेपालको प्रतिकित्ता १,८४२ रुपैयाँ नगद लाभांश घोषणा



काठमाडौं — युनिलिभर नेपाल लिमिटेडले आव २०७९/८० को नाफाबाट सेयरधनीहरूलाई प्रतिकित्ता १,८४२ रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

मंगलबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव पारित गरेको हो। प्रस्तावित लाभांश आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण गरिनेछ।

कम्पनीले कात्तिक ११ गतेदेखि २५ गतेसम्म बुक क्लोज मिति तोकेको छ। त्यसअनुसार कात्तिक १० गतेसम्म नेप्सेमा युनिलिभर नेपालका सेयर किन्ने लगानीकर्ताले लाभांश प्राप्त गर्न सक्नेछन्।

हाल युनिलिभर नेपालको सेयरमूल्य दोस्रो बजारमा प्रतिकित्ता करिब ४९ हजार ५०० रुपैयाँ रहेको छ। यस दरमा सेयर किन्ने लगानीकर्ताले प्रस्तावित नगद लाभांश प्राप्त गर्नेछन्।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  १ : ५९ बजे