काठमाडौं । दसैंको लागि काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको संख्यामा उल्लेखनीय वृद्धि भएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मंगलबार बिहान ६ बजेदेखि बुधबार बिहान ६ बजेसम्म २४ घण्टामा ४३ हजार १३२ यात्रुले काठमाडौं छाडेका छन्।
कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लोकेन्द्रसिंह गुरुले यात्रुको चाप बढिरहेको जानकारी दिए। उनका अनुसार नयाँ बसपार्क, जडीबुटी, कोटेश्वरलगायत क्षेत्रबाट अत्यधिक संख्यामा यात्रुहरु बाहिरिंदै छन्।
“पछिल्लो २४ घण्टामा ४० हजारभन्दा बढी यात्रु बाहिरिएका छन्। दसैं नजिकिँदै जाँदा यो संख्या अझै बढ्ने अनुमान छ,” एसएसपी गुरुले भने।
प्रहरीका अनुसार यात्रुहरूको सुविधाका लागि विभिन्न स्थानहरूमा ट्राफिक व्यवस्थापन र सहजीकरणका कार्यहरू तीव्र पारिएको छ।
प्रतिक्रिया