काठमाडौं । फ्रान्सेली फुटबलर उस्मान डेम्बेलेले आफ्नो पहिलो बालोन डी’ओर अवार्ड जितेका छन्। उनले सन् २०२५ को उत्कृष्ट पुरुष फुटबल खेलाडीको रूपमा यो अवार्ड प्राप्त गरेका हुन्।
डेम्बेले हाल फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (PSG) का लागि खेलिरहेका छन्। उनले गत सिजन क्लबका लागि ५३ खेलमा ३५ गोल गरेका थिए र १४ गोलमा सहयोग (असिस्ट) गरेका थिए।
महिला तर्फ, स्पेन र बार्सिलोनाकी मिडफिल्डर आइताना बोनमट्टीले लगातार तेस्रो पटक बालोन डी’ओर जितेकी छिन्। उनले २०२३, २०२४ र २०२५ मा यो अवार्ड जितेकी हुन्। यो कीर्तिमान राख्ने उनी पहिलो महिला खेलाडी बनेकी छिन्।
बालोन डी’ओर अवार्ड हरेक वर्ष उत्कृष्ट प्रदर्शन गर्ने पुरुष र महिला फुटबल खेलाडीलाई प्रदान गरिन्छ।
प्रतिक्रिया