Logo

मुख्य समाचार

५१ नेपालीको यूएईमा दुई महिनामै मृत्यु



काठमाडौं । पछिल्ला दुई महिनामा संयुक्त अरब इमिरेट्स (यूएई) मा कार्यरत ५१ जना नेपालीको मृत्यु भएको छ। यूएईस्थित नेपाली दूतावासका अनुसार आर्थिक वर्ष २०८२/८३ को साउन र भदौ महिनामा उक्त संख्यामा नेपालीले ज्यान गुमाएका हुन्।

दूतावासले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, साउन महिनामा ३२ र भदौमा १९ जनाको मृत्यु भएको हो। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा ६२ जना नेपालीको मृत्यु भएको थियो।

गत आर्थिक वर्षभरि (२०८१/८२) यूएईमा कुल ३१२ जना नेपालीको मृत्यु भएको दूतावासले जनाएको छ। त्यसअनुसार, अघिल्लो वर्ष मासिक औसत २६ जनाको मृत्यु भएको थियो। आर्थिक वर्ष २०८०/८१ मा भने २३१ नेपालीले ज्यान गुमाएका थिए।

मृत्युको कारणमा सडक दुर्घटना, कार्यस्थलमा भएका दुर्घटना, हृदयाघात, र मुटु सम्बन्धी अन्य रोगहरू प्रमुख रहेको दूतावासले जनाएको छ।

सरकारले वैदेशिक रोजगारीमा जाने नेपालीको सुरक्षाका लागि थप प्रभावकारी कदम चाल्नुपर्ने माग उठ्न थालेको छ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  १२ : १७ बजे