काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा एक लाख ३६ हजार ८२ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार साउन १ गतेदेखि भदौ मसान्तसम्म यो संख्यामा श्रम स्वीकृति वितरण गरिएको हो ।
भदौ महिनामा मात्र ६७ हजार ९७२ जनाले श्रम स्वीकृति लिएका छन् । यसमा ५९ हजार ९२३ पुरुष र आठ हजार ४९ महिला रहेका विभागले जनाएको छ । साउन महिनामा ५८ हजार ९४८ पुरुष र ९ हजार १६२ महिला गरी कुल ६८ हजार ११० जनाले श्रम स्वीकृति लिएका थिए ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा कुल एक लाख १७ हजार ६८ जनाले श्रम स्वीकृति लिएका थिए । यो वर्षको पहिलो दुई महिनामा गत वर्षको तुलनामा १९ हजार १४ जनाले बढी श्रम स्वीकृति लिएका छन् । विभागका अनुसार चालु आर्थिक वर्षको श्रम स्वीकृति गत वर्षको तुलनामा १६.२४ प्रतिशतले वृद्धि भएको हो ।
प्रतिक्रिया