जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले नेपालको संविधान पुनर्लेखन गर्नुपर्ने बताएका छन् । बस्नेतले २०७२ असोज ३ मा जारी हुँदै खेरी यो संविधान अपुरो र अधुरो रहेको भन्दै संविधान पुनर्लेखन गरेरै मुलुकलाई निकास दिनुपर्ने बताएका हुन् ।
बस्नेतले भने, ‘मुलुकमा विद्यमान सङ्कटको मूल जड संविधान हो । मुलुकमा अपनाइएको शासकीय स्वरुप, निर्वाचन प्रणालीबाट सुशासन र स्थिरताको परिकल्पना गर्न सकिदैँन । कांग्रेस र कम्युनिष्ट शासनले संविधानको उच्चतम विकृत रुपलाई सबैका सामू उजागर गरिसकेको छ । यसबारे थप व्याख्या र पुष्टि आवश्यक छैन ।’
संविधानलाई जनपक्षीय र सर्वस्विकार्य बनाउन माग गर्दै आन्दोलनमा उत्रिदा आफू प्रहरी हिरासतमा पुगेको आजको दिनको स्मरण गर्दै बस्नेतले कुनै भूगोल, समुदाय र क्षेत्रलाई बहिष्करणमा पारेर मुलुकले स्थिरता र समृद्धि हासिल गर्न नसक्ने उनको भनाइ छ ।
सबैले अपनत्व महसुस गर्ने खालको संविधान बन्न सकेमात्र राष्ट्रिय एकता बलियो बन्ने उनको दाबी छ ।
जेनजी आन्दोलनको जनादेशलाई सम्बोधन गर्न पनि संविधान संशोधन अपरिहार्य रहेको उनको भनाइ छ ।










प्रतिक्रिया