Logo

मुख्य समाचार

संविधान पुनरवलोकन अहिलेको आवश्यकता : जनार्दन शर्मा


३ आश्विन २०८२, शुक्रबार  

46
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले संविधान पुनरवलोकन आवश्यक रहेको बताएका छन्। संविधान दिवसका अवसरमा शुक्रबार भिडियो अपिल सार्वजनिक गर्दै शर्माले जनजीवनमा उत्पन्न असन्तोष र विद्रोहका स्वरलाई सम्बोधन गर्न संविधानलाई सुधार्नुपर्ने आवश्यकता औंल्याए।

उनका अनुसार प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लगायतका विषयलाई समावेश गर्दै संविधानलाई अग्रगामी र सर्वस्वीकार्य बनाउनुपर्छ। शर्माले भने, “संविधानलाई अग्रगामी दृष्टिकोणले सर्वस्वीकार्य बनाउन पनि त्यत्तिकै महत्त्वपूर्ण छ।”

भदौ २३ गतेको नरसंहारको छानबिनका लागि छिट्टै आयोग गठन गर्नुपर्ने माग गर्दै उनले सम्पत्तिको भौतिक क्षतिमा संलग्नलाई कानुनको दायरामा ल्याउन सरकारलाई आग्रह गरे।

अन्योलता र निराशा चिर्दै संविधानकै आधारबाट आशा र विश्वासका साथ राष्ट्रिय पुनर्निर्माणमा जुट्नुपर्नेमा पनि शर्माले जोड दिए।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ४ : ०३ बजे