Logo

मुख्य समाचार

पुँजीबजार सुधारका लागि पाँच सदस्यीय कार्यदल


३ आश्विन २०८२, शुक्रबार  

69
Shares

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले पुँजीबजार सुधारका लागि पाँच सदस्यीय कार्यदल गठन गरेका छन्। धितोपत्र बोर्डका कायममुकायम कार्यकारी निर्देशक रुपेश केसी कार्यदलका संयोजक नियुक्त भएका छन्।

कार्यदलमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेन्ज (नेप्से)का कायममुकायम कार्यकारी निर्देशक निरन्जन फुयाँल र अर्थ मन्त्रालयका उपसचिव शरद निरौला सदस्य रहेका छन्।

मन्त्रीस्तरीय निर्णयमार्फत गठन गरिएको कार्यदलले लगानीकर्ताको मनोबल वृद्धिका लागि आवश्यक प्रणालीगत तथा प्रक्रियागत सुधारका सुझावसहित ठोस कार्यान्वयन कार्ययोजना पाँच दिनभित्र पेस गर्नुपर्ने अर्थ मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  १ : २३ बजे