Logo

राजनीति

कांग्रेसले कार्यालयमै कार्यसम्पादन समिति बैठक सुरु, दिउँसो २ बजे निर्णय सार्वजनिक हुने


३ आश्विन २०८२, शुक्रबार  

46
Shares

काठमाडौं – आगलागी भएको दश दिनपछि नेपाली कांग्रेसले पहिलोपटक पार्टी कार्यालयमै औपचारिक बैठक गरेको छ। शुक्रबार बिहान उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा पार्टीको कार्यसम्पादन समिति बैठक सुरु भएको हो।

आगोले पार्टी कार्यालयभित्रको लाइब्रेरी र दस्तावेज ध्वस्त भए पनि पुरानो बैठक हल जोगिएको थियो। बैठक त्यही हलमा भइरहेको छ।

बैठकमा सभापति शेरबहादुर देउवा, नेता डा. शेखर कोइराला र अर्जुननरसिंह केसी सहभागी छैनन्। बैठकका निर्णयबारे दिउँसो २ बजे पत्रकार सम्मेलनमार्फत जानकारी गराइने कांग्रेसले जनाएको छ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  १ : ०९ बजे