काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल संविधान दिवस २०८२ का अवसरमा गृह मन्त्रालयद्वारा सैनिक मञ्च टुडिखेलमा शुक्रबार बिहान आयोजित विशेष समारोहमा सरिक भएका छन् ।
सो अवसरमा नेपाली सेनाले राष्ट्रपति पौडेलको सम्मानमा सलामी अर्पण गरेको थियोे । राष्ट्रपति पौडेल नेपाली सेनाका परमाधिपति हुन् ।
सो अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की , प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, नेपाल सरकारका विशिष्ट पदाधिकारी, कुटनीतिक नियोगका प्रतिनिधिलगायत विशिष्ट महानुभावहरूको सहभागिता थियो ।
प्रतिक्रिया