काठमाडौं । यूईएफए च्याम्पियन्स लिगमा बार्सिलोनाले विजयी सुरुआत गरेको छ । बिहीबार इंग्ल्यान्डको सेन्ट जेम्स पार्कमा भएको खेलमा बार्सिलोनाले न्युक्यासल युनाइटेडलाई २–१ ले पराजित गरेको हो ।
बार्सिलोनाका लागि दुवै गोल मार्कुस रासफोर्डले गरेका थिए । उनले खेलको ५८औँ र ६७औँ मिनेटमा गोल गरे । न्युक्यासलका एन्टोनी गोर्डनले ९०औँ मिनेटमा एक गोल फर्काए पनि हार जोगाउन सकेनन् ।
सोही रात आइन्ट्राख्ट फ्रांकफर्टले गालातासेराईलाई ५–१ ले हराएको छ ।
प्रतिक्रिया