Logo

मुख्य समाचार

केपी ओली सैनिक व्यारेकबाट फर्किए, गुण्डुमा डेरा सरे



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सैनिक व्यारेकबाट फर्किएका छन्। जेन–जी आन्दोलनपछि नेपाली सेनाले सुरक्षा व्यवस्था गर्दै उनलाई ब्यारेकमा राखेको थियो।

स्रोतका अनुसार ओली आज सेनाको व्यारेकबाट बाहिरिएका छन्। उनी भक्तपुरको गुण्डु क्षेत्रमा डेरा सरेका छन्। सो क्षेत्र सांसद महेश बस्नेतको प्रभाव क्षेत्र मानिन्छ। ओलीका लागि गुण्डुमा एक घर भाडामा लिइएको बताइएको छ।

जेन–जी आन्दोलनको क्रममा बालकोटस्थित ओलीको निजी निवास जलेर ध्वस्त भएको थियो। भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि उनी सैनिक व्यारेकमै बस्दै आएका थिए।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार  ६ : १४ बजे