काठमाडौं । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले अब आउने दिनहरुमा जनताको चाहना बुझेर त्यही अनुसार अगाडि बढ्नुपर्ने बताएका छन् ।
बिहीबार ललितपुरको गोदावरी नगरपालिका बाँडेगाँउमा रहेको सन्त नेता कृष्णप्रसाद भट्टराईको क्षतिग्रस्त आश्रमको भ्रमण गर्दै उनले अब आउने दिनहरुमा व्यवस्थित तरिकाले जनताको चाहाना बुझेर यो सिस्टमलाई मजबुद गर्नेतर्फ लाग्नुपर्ने बताए ।
केन्द्रीय कार्यसमितिको बैठक बसेर यसमा के गर्न सकिन्छ त्यही हिसाबले अगाडि बढने पनि उनको भनाई छ ।
उनले भने, ‘यो घर(आश्रम) नि थिएन् । केही थिएन् । पछि राज्यले नै बनाएको आश्रम हो । यसको पनि यस्तो दूरदशा भएको छ । धेरै ठाँउमा यस्तै भएको छ । अब आउने दिनहरुमा यसलाई व्यवस्थित गरेर, जनताको चाहाना बुझेर त्यही अनुसार यो सिस्टमलाई मजबुद गर्नेतर्फ लाग्नुपर्छ । पछि केन्द्रीय कार्यसमितिको बैठक बसेर यसमा के गर्न सकिन्छ त्यही हिसाबले अगाडि बढ्छौ ।’
प्रतिक्रिया