Logo

मुख्य समाचार

चाडपर्व लक्षित नागरिक सहायता कक्ष सञ्चालनमा



काठमाडौं — काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा बिहीबार (असोज २) चाडपर्व लक्षित नागरिक सहायता कक्ष सञ्चालनमा आएको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख दानबहादुर कार्कीले कक्षको उद्घाटन गरेका हुन्।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव टेकनाथ गौतमका अनुसार, नयाँ बसपार्कसहित उपत्यकाका १५ स्थानमा नागरिक सहायता कक्ष सञ्चालनमा आएका छन्।

कक्षहरू उपत्यकाको चाबहिल, गौशाला, बल्खु, कलंकी तथा काभ्रेको बनेपामा समेत उपलब्ध छन्।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार  ३ : २५ बजे