काठमाडौं । स्पेनिस क्लब एट्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमोनीले च्याम्पियन्स लिगमा लिभरपुलविरुद्धको खेलमा आफू अपमानित भएको बताएका छन्।
बुधबार भएको खेलमा एट्लेटिको मड्रिड ३–२ को हार ब्यहोरेको थियो। खेलको इन्ज्युरी समयमा घरेलु समर्थकसँगको तनावपछि सिमोनीलाई रातो कार्ड पनि देखाइएको थियो।
सिमोनीले एक अन्तर्वार्तामा भने, “मेरो खेल अवधिभर अपमान भयो। प्रशिक्षक भएकाले मैले सबै सहें, तर ९० मिनेट लगातार अपमानित हुँदा कस्तो लाग्छ भन्ने म सबैलाई बताउन चाहन्छु। मेरो प्रतिक्रिया अनुचित भयो।”
रोयर्टसले यो समाचार उद्धृत गर्दै रिपोर्ट गरेको छ।
प्रतिक्रिया