काठमाडौं । पूर्वी रुकुम र बागलुङ्गको सिमानालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार राति ८ बजेर २६ मिनेटमा ४.६ म्याग्नीच्यूडको भूकम्प गएको हो ।
भूकम्पको धक्का लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशका विभिन्न जिल्लामा समेत व्यापक रूपमा महसुस गरिएको छ ।
अहिलेसम्म कुनै पनि मानविय तथा भौतिक क्षति भएको विवरण भने प्राप्त भएको छैन ।
प्रतिक्रिया