Logo

मुख्य समाचार

प्रचण्डद्वारा नयाँ भव्य पार्टी कार्यालय निर्माणको घोषणा



काठमाडौं ।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको नयाँ भव्य कार्यालय निर्माण गर्ने घोषणा गरेका छन् । मंगलबार पेरिसडाँडास्थित क्षतिग्रस्त पार्टी केन्द्रीय कार्यालयको अवलोकनपछि उनले पार्टी सदस्यको सहयोगमा भव्य भवन निर्माण गरिने बताएका हुन् ।

भदौ २४ गते ‘जेनजी’को प्रदर्शनका क्रममा माओवादी केन्द्रको कार्यालयमा तोडफोड र आगजनी भएको थियो । आन्दोलनपछि पहिलो पटक प्रचण्ड पार्टी कार्यालय पुगेका थिए ।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  १२ : ४८ बजे