काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतसँग मंगलबार तिलगंगा आँखा प्रतिष्ठानमा भेटवार्ता गरेकी छन् । अन्तरिम सरकारमा सहभागी हुन रुइतलाई आग्रह गर्न प्रधानमन्त्री कार्की प्रतिष्ठान पुगेकी थिइन् ।
प्रधानमन्त्री कार्कीले विशेष परिस्थितिमा आफू सरकारको नेतृत्वमा आएको बताउँदै सहयोगका लागि डा. रुइतलाई आग्रह गरेकी थिइन् । तर डा. रुइतले अस्पतालको काम र बिरामी नछाड्ने कारण देखाउँदै सरकारमा सहभागी हुन नसक्ने बताएका छन् ।
डा. रुइतले चिकित्सकीय पेशामार्फत नागरिकलाई सेवा दिने प्रतिबद्धता दोहोर्याएका छन् । ‘जेनजी’ आन्दोलनपछि बनेको अन्तरिम सरकारको मन्त्री बन्ने चर्चा चले पनि उनले आफू सरकारमा नगइकन सहयोग गर्ने बताएका छन् ।
प्रतिक्रिया