Logo

मुख्य समाचार

जेनजी आन्दोलनमा मृत्यु भएका सहिदहरुको शव यात्राको तयारी



काठमाडौं । जेनजी आन्दोलनका क्रममा मृत्यु भएका सहिदहरुको भोली (मंगलबार) बिहान ७ बजे शव यात्रा गर्ने तयारी गरिएको छ ।

भदौ २३ गते मृत्यु भएका कति सहिदहरुको अन्त्यष्टि भइसकेको छ भने कतिको हुन बाँकी छ । बाँकी रहेका शवहरुलाई भोली शव यात्रा गरेर अन्त्यष्टि गर्ने तयारी गरिएको हो ।

टिचिङ् अस्पतालबाट भोली बिहान ७ बजे शव यात्रा सुरु गरेर चक्रपथ एक परिक्रमा गराउने कार्यक्रम तय भएको एक मृतकका परिवार कमल सुवेदीले जानकारी दिएका छन् ।

उनले काठमाडौं बाहिर जाने शवहरुलाई आर्मिको हेलिकप्टरको पनि व्यवस्था गरिएको पनि जानकारी दिएका छन् । अन्त्यष्टि गरिसकेका परिवारहरुले पनि मृतकको फोटो र ब्यानर बोकेर यात्रामा आउन सक्ने पनि वयवस्था गरिएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  ७ : ३३ बजे