काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठन भएको मन्त्रिपरिषद्ले कार्यविभाजन सार्वजनिक गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्कीको सिफारिसमा तीन जना मन्त्रीलाई नियुक्त गर्दै जिम्मेवारी तोकेका छन्।
अर्थ मन्त्रालयको नेतृत्व पूर्व अर्थसचिव रामेश्वर प्रसाद खनालले पाएका छन्। नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्रालयका मन्त्री बनेका छन्। अधिवक्ता ओम प्रकाश अर्याल गृह तथा कानुन, न्याय र संसदीय मामिला मन्त्रालयको जिम्मेवारीमा नियुक्त भएका छन्।
उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास, खानेपानी, परराष्ट्र, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, रक्षा, वन तथा वातावरण, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, सङ्घीय मामिला तथा सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधि र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय भने हाल प्रधानमन्त्री कार्कीकै मातहतमा राखिएको छ।
प्रतिक्रिया