काठमाडौं । नयाँ अर्थमन्त्रीका रूपमा सोमबार शपथ ग्रहण गरेका रामेश्वर खनालले पदसँग जोडिने विशेष सुविधा नलिने घोषणा गरेका छन्। उनले सरकारी गाडी, सरकारी निवास र निजी सुरक्षा अधिकारी (पीएसओ) प्रयोग नगर्ने निर्णय गरेका छन्।
खनालले आफ्नै गाडी चढ्ने बताएका छन्। त्यस्तै, उनी ‘माननीय’ उपाधि पनि नाम अघि नलिने बताएका छन्।
उनको भनाइमा, सार्वजनिक पद जनसेवाका लागि हो र त्यसलाई सुविधा केन्द्रित रूपमा लिनु हुँदैन।
प्रतिक्रिया