काठमाडौं। काभा महिला आउटडोर भलिबल लिग २०२५ स्थगित भएको छ । नेपालमा हुने भनिएको भलिबल लिग सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा)को बोर्ड अफ एड्मिनिस्ट्रेशनको भर्चुअल बैठकले स्थगित गर्ने निर्णय गरेको हो ।
आगामी नोभेम्बर १५ देखि २२ तारिखसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा खेल हुने तय थियो ।
तर सेप्टेम्बर ८ र ९ मा भएको जेनजी प्रदर्शनपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै लिग स्थगित गर्ने निर्णय गरिएको हो ।
प्रतिक्रिया