काठमाडौं । नेपाल प्रहरीले भदौ २३ र २४ गते देशभर भएका ‘जेनजी’ आन्दोलनका क्रममा आगजनी, लुटपाटलगायतका अप्रिय घटनासँग सम्बन्धित तस्बिर र भिडियो माग गरेको छ।
शुक्रबार (भदौ २७) सूचना जारी गर्दै प्रहरीले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा भएको विरोध प्रदर्शनमा आमसर्वसाधारणमा त्रास सिर्जना गर्ने गतिविधिहरूको विवरण संकलन गरिरहेको जनाएको हो।
सूचनामा भनिएको छ, “यही भदौ २३ र २४ गते भएका विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका विभिन्न अप्रिय घटना, आगजनी, लुटपाट तथा अन्य घटनासँग सम्बन्धित तस्बिर, भिडियो र सामाजिक सञ्जालका लिंकहरू नेपालपुलिसइनफो एट जिमेल डट कममा पठाई सहयोग गर्न अनुरोध गर्दछौं।”
प्रहरीका अनुसार घटनासँग सम्बन्धित सामग्री पठाउने व्यक्तिको परिचय गोप्य राखिनेछ।
प्रतिक्रिया