Logo

मुख्य समाचार

गगन थापा : नयाँ पुस्ताले कांग्रेसलाई रुचाएन, पार्टी पुनर्गठन अनिवार्य


२७ भाद्र २०८२, शुक्रबार  

0
Shares

काठमाडौं — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको पुनर्गठन अनिवार्य भएको बताएका छन्। उनले नागरिकको विश्वास गुमाउनुमा आत्मसमीक्षा आवश्यक रहेको भन्दै नयाँ पुस्ताले कांग्रेसलाई नपसन्द गरेको स्वीकार गरे।

थापाले भिडियो सन्देशमार्फत भने, “नागरिकको विश्वास किन टुट्यो भन्नेबारे उत्तर खोज्नु मात्र होइन, ठोस कदम चाल्नुपर्छ।” उनका अनुसार कांग्रेसको “अनुहारमा दाग लागेको” छ र “ऐना पुछेर मात्र नहुने” भएकाले पार्टीले देशसँग माफी माग्नुपर्ने अवस्था आएको छ।

महामन्त्री थापाले भदौ २३ र २४ मा भएका अमानवीय तथा क्रुर घटनाको छानबिन गर्न माग गरे। सभापतिदेखि नेता तथा कार्यकर्तासम्म आक्रमणमा परेको जानकारी दिँदै उनले “स्वभाविक आक्रोश” स्वीकार गर्न सकिने भए पनि नियतवश गरिएका काम दण्डनीय हुने बताएका छन्।

उनका अनुसार कांग्रेसले पुनःनिर्माणको अग्रसरता लिनुपर्नेछ र राष्ट्रपति, विभिन्न दल तथा आन्दोलनकारीसँग संवाद जारी राखिएको छ। जेन–जेनरेशनले चाहेको व्यक्तिलाई प्रधानमन्त्री बनाउन आवश्यक पहल भइरहेको उल्लेख गर्दै उनले संविधानलाई “ट्रयाकभित्र” राख्न कांग्रेस प्रतिबद्ध रहेको बताए।

थापाले आज साँझसम्म सरकार बन्ने विश्वास पनि व्यक्त गरे।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  १२ : २३ बजे