काठमाडौं । गोँगबुस्थित नयाँ बसपार्कबाट आजदेखि यात्रुवाहक बस सञ्चालन सुरु भएको छ।
‘जेनजी’ आन्दोलनका कारण भदौ २३ र २४ गतेदेखि सरकारले लागू गरेको निषेधाज्ञा र कर्फ्युका कारण रोकिएका सार्वजनिक सवारीसाधन पुनः सञ्चालनमा आएका हुन्।
ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संसाधन प्रमुख पङ्कज मल्लका अनुसार बिहान ७ बजेदेखि १० बजेसम्म उपत्यकाबाट दर्जनौँ सवारीसाधन बाहिरिएका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले विषम परिस्थितिमा सवारी नचलाउन अघिल्ला दिनमा निर्देशन दिएको भए पनि आजका सवारीसाधनहरू निजी निर्णयमा सञ्चालनमा आएको महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए।
उनका अनुसार आगामी दिनमा संस्थागत रूपमा सवारी सञ्चालनबारे सुरक्षा निकाय र मन्त्रालयसँग समन्वय भइरहेको छ।
प्रतिक्रिया