Logo

मुख्य समाचार

नख्खु कारागारबाट फरार पूर्वराज्यमन्त्री सञ्जय टकला काभ्रेबाट पक्राउ



काठमाडौं । नख्खु कारागारबाट फरार रहेका पूर्वराज्यमन्त्री सञ्जय साह उर्फ टकला काभ्रेमा पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय मंगलटारको टोलीले उनलाई जनकपुरबाट काठमाडौँ फर्किंदै गर्दा चेकिङको क्रममा पक्राउ गरेको हो।

टकला भदौ २४ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको समर्थनमा भएको प्रदर्शनको क्रममा जेलबाट फरार भएका थिए। सो दिन जेनजी प्रदर्शनकारीले नख्खु कारागार घेराउ गरेका थिए।

टकलालाई अहिले जिल्ला प्रहरी कार्यालय काभ्रेको नियन्त्रणमा राखिएको छ। धुलिखेलमा राखिएका टकलालाई थप अनुसन्धानपछि सम्बन्धित निकायमा बुझाइने बताइएको छ।

टकला १२ वर्षदेखि नख्खु कारागारमा सजाय काटिरहेका थिए। २०६९ साल वैशाख १८ गते जनकपुरको रामनन्द चोकमा पाँच जनाको ज्यान जाने गरी भएको बम विष्फोट घटनामा उनी मुख्य अभियुक्त रहेका थिए। सो घटनामा दोषी ठहर गर्दै अदालतले उनलाई जन्मकैदको सजाय सुनाएको थियो।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहिबार  ६ : ५६ बजे