Logo

खेलकुद

फ्रान्सको आइसल्यान्डमाथि कठिन जित



काठमाडौं । फिफा विश्वकप २०२६ छनोट अन्तर्गत बुधबार फ्रान्सले आइसल्यान्डलाई २–१ गोलले पराजित गरेको छ।

घरेलु मैदान पार्क डे फुटबल रंगशालामा भएको खेलमा आइसल्यान्डका एन्ड्री गुडजोन्सनले २१औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए पनि फ्रान्सले खेलमा पुनरागमन गर्‍यो। ४५औँ मिनेटमा केलियन एम्बाप्पेले पेनाल्टीमार्फत गोल गर्दै बराबरी गरे भने ६२औँ मिनेटमा बार्डले बार्काेलाले गोल गर्दै फ्रान्सलाई २–१ को अग्रतामा पुर्‍याए।

फ्रान्सले यही अग्रता जोगाउँदै खेल जित्यो। यो जितसँगै फ्रान्स समूह ‘डी’ मा ६ अंकसहित शीर्ष स्थानमा पुगेको छ। आइसल्यान्ड भने दुई खेलमा तीन अंकमा सीमित छ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  ५ : २५ बजे