काठमाडौं – अस्ट्रेलियामा सम्पन्न टप एन्ड टी–२० क्रिकेट शृंखला र अन्य अभ्यास खेल पूरा गरेर नेपाली राष्ट्रिय क्रिकेट टिम मंगलबार स्वदेश फर्किएको छ।
नेपालले शृंखलामा खेलेका ६ खेलमध्ये २ मा जित हात पार्दा ४ खेलमा पराजित भएको थियो। पहिलो खेलमा नेपाल नर्दन टेरिटोरीसँग ४२ रनले, दोस्रो खेलमा बंगलादेश ‘ए’सँग ३२ रनले र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो।
चौथो खेलमा नेपालले होबर्ट हुरिकेन्सलाई ६६ रनले तथा पाँचौँ खेलमा मेलबर्न रेनेगार्ड्सलाई ३३ रनले पराजित गरेको थियो। तर, छैटौँ खेलमा नेपाल पाकिस्तान ‘ए’सँग १ रनले पराजित भएको थियो।
शृंखला सकिएपछि नेपाली टोलीले क्रिकेट एसीटीसँगका दुई अभ्यास खेल जितेको थियो। त्यसपछि साउथ अस्ट्रेलियाविरुद्ध दुई टी–२० अभ्यास खेलमा पराजित भए पनि एकदिवसीय अभ्यास खेलमा नेपालले २ विकेटले जीत दर्ता गरेको थियो।
प्रतिक्रिया