Logo

राजनीति

विकासका लागि अवरोध भएका ऐन, कानुन वा  नियमावलीहरु संशोधन गरिने



काठमाडौं । बन तथा वातावरणमन्त्री ऐन बहादुर शाहीले प्रदूषण  न्युनिकरण गर्न सबैसँग मिलेर काम गर्न सरकार तयार गरेको बताएका छन् ।

आइतबार एक कार्यक्रमाबिच बोल्दै उनले काठमाडौं उपत्यका वातावरण हिसाबले प्रदूषणबाट  प्रभावित  भएको भन्दै प्रदूषणले गर्दा मानव स्वास्थ्यदेखि विभिन्न किसिमका समस्या  भोग्नु परेको बताए ।

वर्तमान सरकार विकासलाई जनमैत्री बनाउन प्रतिवद्ध रहेको बताउँदै मन्त्री शाहीले केही समस्याहरु भौतिक मन्त्रालयको सहकार्यमा सहजीकरण गर्दै आएको बताए ।

विकासका काममा भएका अवरोधहरु हटाइ काम थप सुदृढ बनाउन ऐन, कानुन वा  नियमावलीहरुको संशोधन प्रक्रिया धेरै अघि बढाइएको बताए  ।

‘काठमाडौं उपत्यका वातावरण हिसाबले अत्यन्तै प्रदूषणबाट प्रभावित छ । विशेषगरी मानव स्वस्थ्यदेखि विभिन्न  समस्या भोग्नु परेको छ । यसको न्यूनीकरण गर्न वन तथा वातावरण मन्त्रालय र नेपाल सरकार मिलेर काम गरिरहेको छौँ । भौतिक मन्त्रालयको सहकार्यमा केही समस्याहरु सहज बनाउँदै लगिएको छ । ऐन, कानुन र नियमावलीमा संशोधन प्रक्रिया अघि बढाइएको छ,’ उनले भने ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  २ : ०५ बजे