काठमाडौं । मकवानपुर भीमफेदी–कुलेखानी–फाखेल–काठमाडौं सडक अवरुद्ध भएको छ । पहिरोका कारण सडक अवरुद्ध भएको हो ।
मकवानपुर इन्द्रसरोवर गाउँपालिका–४ महालक्ष्मी खोलास्थित भीमफेदी–कुलेखानी–फाखेल–काठमाडौं सडकखण्डमा दश मिटर बाटोमा सुख्खा पहिरो खसेको थियो । सोही पहिरोका कारण सडक पूर्णरूपमा अवरुद्ध भएको र पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया