Logo

Breaking News 1

पेट्रोलको मूल्य घट्दा डिजेल र मट्टीतेलको मूल्य बढ्याे


१६ श्रावण २०८२, शुक्रबार  

529
Shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । आज बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य घटाइएको तथा डिजेल र मट्टीतेलको मूल्य बढाइएको हो ।

पेट्रोल प्रतिलिटर एक रुपैयाँ घटाइएको छ भने डिजेल र मट्टीतेल प्रतिलिटर दुई रुपैयाँ बढाइएको निगमले जनाएकाे छ । खाना पकाउने एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ६ : ०६ बजे