Logo

Breaking News 1

रिज लाइन इ्रनर्जीले सर्वसाधारणका लागि आईपीओ जारी गर्दै



काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि विशेष प्रस्ताव पारित गर्न आगामी भदौ ४ गते ललितपुरमा रहेको होटल हिमालयमा साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ ।

कम्पनीको साउन ११ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो । सभाले सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासन गर्ने र आईपीओबाट प्राप्त हुने रकमको उपयोग गर्ने विशेष प्रस्ताव पारित गरिने बताइएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ९ : ४७ बजे