Logo

Breaking News 1

कौसीमा ड्रागन फल खेती गरेर वार्षिक आठ लाख आम्दानी



त्रिवेणी (नवलपरासी) । यहाँको नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–९ निवासी सीता जिसी राउतले कौसीमा ड्रागन फल खेती गरेर वार्षिक रु आठ लाख सम्म आम्दानी लिने गरेकी छन् ।

घरमै खान भनी चार वर्ष पहिले सुरु गरेको खेती अहिले व्यावसायिक बनेको हो । ‘युट्युब’बाट हेरेर प्रभावित भई उनले कौसीमा ड्रागन फल खेती सुरुआत गरेकी थिइन् ।

कौसीमा खेती सुरु गर्दा रु २५ हजार लगानी लागेको उनले फल मात्र होइन बिरुवा पनि बिक्री गरेर आम्दानी लिँदै आएकी छन्

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  १ : १८ बजे