Logo

Breaking News 1

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै



काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (मंगलबार) पनि बस्दैछ । सोमबारदेखि जारी बैठक आज पनि बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने लागिएको हो ।

सोमबारको बैठकमा भदौमा हुने विधान महाधिवेशनको प्रतिवेदनमाथि ४९ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए भने बाँकी सदस्य आज आफ्नो धारणा राख्ने कार्यक्रम छ ।

पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शङ्कर पोखरेलको सङ्गठनात्मक प्रस्ताव प्रतिवेदनमाथि केन्द्रीय सदस्यले धारणा राख्ने छन् ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ८ : ३३ बजे