काठमाडौं । त्रिभुवन आर्मी क्लब एन्फा यू–१६ युथ लिगमा प्लानिङ ब्वाइज युनाइटेडसँग २–१ ले पराजित भएको छ। आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न लिगको अन्तिम खेलमा प्लानिङका रविनकुमार लुंगेली मगर र आशिक स्याङताङले एक–एक गोल गर्दै टोलीलाई जित दिलाए।
खेलको १३औँ मिनेटमा रविनकुमारले पहिलो गोल गर्दै प्लानिङलाई अग्रता दिलाए। २४औँ मिनेटमा आर्मीका नीरज अधिकारीले बराबरी गोल फर्काए पनि, ३१औँ मिनेटमा आशिकको गोलले प्लानिङलाई पुनः अग्रता दिलायो। उक्त अग्रतालाई प्लानिङले अन्तिम सम्म कायम राख्दै खेल जित्यो।
जितसँगै प्लानिङले ६ खेलबाट ६ अंक बनाएको छ। अब उसले सातौँ खेलमा साउन ६ गते दिउँसो ४ बजे हिमालयन शेर्पासँग खेल्नेछ।
आर्मीले सातौँ खेल साउन ७ गते बिहान १० बजे मनाङ मर्स्याङ्दी क्लबसँग खेल्ने तालिका रहेको छ।
प्रतिक्रिया