काठमाडौं । विवेकशील साझा पार्टीकी महासचिव रन्जु दर्शनाले आगामी निर्वाचनमा वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकलाई भोट हाल्न पाउने व्यवस्था सुनिश्चित गर्नु सरकारको मुख्य दायित्व भएको बताएकी छन्।
सामाजिक सञ्जालमार्फत दर्शनाले हालको सरकारले २०८४ सालको निर्वाचनसम्म रेमिट्यान्स पठाउने नेपाली नागरिकहरूलाई मतदानको अधिकार सुनिश्चित गर्न आवश्यक व्यवस्था गर्नुपर्ने स्पष्ट पारेकी हुन्।
उनले लेखेकी छन्, “२०८४ को निर्वाचनमा रेमिट्यान्स पठाउनेले भोट पनि पठाउन मिल्ने व्यवस्था कार्यान्वयन गर्नु अहिलेको सरकारको मुख्य दायित्व हो।”
दर्शनाले रेमिट्यान्समार्फत देशको अर्थतन्त्रमा योगदान पुर्याउने नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्नु लोकतान्त्रिक प्रणालीको आवश्यक पक्ष भएको उल्लेख गर्दै भनिन्, “नोट चल्छ भने भोट पनि चल्नु पर्छ। नो इफ, नो बट!”
हाल विदेशमा रहेका करिब ४० लाखभन्दा बढी नेपाली नागरिकले रेमिट्यान्समार्फत देशको अर्थतन्त्रमा ठूलो योगदान गरिरहेका छन्। तर उनीहरूलाई मताधिकार प्रयोग गर्न कानुनी तथा प्राविधिक व्यवस्था अझै प्रभावकारी रुपमा कार्यान्वयन भएको छैन।
प्रतिक्रिया