Logo

Breaking News 1

हिम स्टार उर्जाको आईपीओ आजदेखि निष्कासनमा



काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि जारीपूँजीको २५ प्रतिशत अर्थात ९ लाख ३२ हजार ५ सय कित्ता शेयर जारी गरेको हो ।

कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानिय र वैदेशीक रोजगारीमा रहेका नेपालीहरुका लागि भने आईपीओ जारी गरिसकेको छ ।

गत जेठ ९ गते प्रति शेयर १०० रुपैयाँ अंकित दरका ११ लाख १९ हजार कित्ता साधारण शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन् ।

यसका साथै लगानीकर्ताले मेरो शेयरबाट समेत आवेदन दिन सक्नेछन् । यो आईपीओ निष्कासन बन्द छिटोमा असार २७ गते र ढिलोमा साउन ६ गते हुनेछ ।कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ९ : ११ बजे