Logo

Breaking News 1

नेपाली महिला टोलीलाई प्रधानमन्त्रीले दिए जितको शुभकामना



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘एएफसी महिला एसियन कप छनोट’ का खेलाडीहरुलाई जितको शुुभकामना दिएका छन् ।

श्रीलङ्काको टोलीलाई जितेर आज उज्वेकिस्तानसँग फाइनल प्रतिस्पर्धाका लागि तयारीमा रहेको नेपाली टोलीलाई प्रधानमन्त्री ओलीले शनिबार प्रधानमन्त्री निवास, बालुुवाटारबाट भर्चुअल संवादका माध्यमबाट सफलताको शुुभकामना दिएका हुन् ।

उज्वेकिस्तानको तासकेन्दस्थित मिली रङ्गशालामा बुधबार भएको खेलमा नेपालले प्रतिस्पर्धी श्रीलङ्कालाई हराएर उत्कृष्ट प्रदर्शन गरेको थियो ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ४ : १८ बजे